अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा तीन जना विद्यार्थीलाई आर्थिक सहयोग

सुरेन गुरुङ
शिख ,सोमबार असोज ६ गते ।

म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले तीन जना विद्यार्थीलाई आर्थिक सहयोग गर्नुभएको छ । गत बर्षको एईई परिक्षामा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।

गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविको ४४ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले सो सहयोग रकम वितरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण गर्नुहुँदै मन्त्री पुनले अध्यक्षको सहयोगले गरिब विपन्न परिवारका जेहेन्दार विद्यार्थीको अध्ययनमा ठुलो सहयोग पुग्ने बताउनुहुँदै धन्यवाद व्यक्त गर्नुभयो । प्रदेश सरकारले शैक्षिक क्षेत्रलाई गुणस्तरिय र प्रभावकारी बनाउनमा जोड दिएको समेत बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले घोषणा अनुसार आफुले पाउने सेवा सुविधाबाट गत वर्षको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने ज्ञान प्रकाश माविका छात्र एलिस पाइजालाई ५० हजार र सोही विद्यालयकी एलिना बैरागी र मुक्तीमार्ग मावि घारकी पवित्रा खड्कालाई जनही २५ हजार रुपैयाँका दरले ५० हजार गरी तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो । अनुपस्थित पबित्रा खड्कालाई विद्यालयमा गएर सो सहयोग रकम हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण विद्यार्थीलाई अध्ययनमा समस्या नहोस् भनि हौसला प्रदान गर्नका लागि आर्थिक सहयोग गरेको अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो । गाउँपालिकाबाट पाउने सेवासुविधा समेत नलिनुभएका अध्यक्ष क्याप्टेन गर्बुुजा पुनले आगमी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । गाउँपालिकाले सामुदायी विद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम संचालन संगै शिक्षक मिलानलाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार