मनकारी पौडेलद्धारा बाढी पीडितलाई सहयोग

धु्रबसागर शर्मा
म्याग्दी ,मंगलबार असोज ७ गते ।

म्याग्दीको बेनी नगरपालिका २ भकुण्डेका भीमबहादुर पौडेलले व्यक्तिगतरुपमा कोटखोलाका ७ जना बाढी पीडितलाई मंगलवार रु १२ हजार २ सय मूल्य बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।


गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिपरिवार एक बोरा चामल,दाल,नुन लगाएतका १२ हजार २ सय रुपैयाँको खाद्य सामाग्री प्रदान गरिएको यामवहादुर कार्कीले जानकारी दिए । सहयोग सामाग्री बेनपा २ वडा सदस्य सीता घिमिरे र भीमबहादुर पौडेलले बाढी पीडितहरुलाई प्रदान गरेका थिए ।

संस्थागतरुपमा बाढी पीडितहरुलाई सहयोग प्राप्त हुनेक्रम जारी रहे पनि व्यक्तिगत रुपमा पौडेलले सहयोग गरेका हुन् । यस अघि बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पनि बाढी पीडितलाई व्यक्तिगतरुपमा सहयोग गरेका थिए । पौडेलले यस अघि पनि गरिब,असहाय र विपद् पीडितहरुलाई सहयोग गर्दै आएका याम कार्कीले जानकारी दिए ।

शनिबार राती ९ बजेदेखि परेको अविरल वर्षाका कारण बेनी नगरपालिका–२, बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बगरफाँटका ३ घर पुरेको छ भने पाँच घरमा क्षति पु¥याएको छ । परम्परागत धार परिवर्तन गरेर आएको खोलाको बाढीले तीनवटा घर पुरिँदा भाग्ने क्रममा हराएका दुई बालिका १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार अहिलेसम्म भेटिएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार