मोना–बेनी लभ्लीहिल पदमार्ग उद््घाटन

बेनी ,आइतबार असोज १२ गते ।
जिल्लाको बेनी नगरपालिका –२ खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने मोना –बेनी –लभ्लीहिल पदमार्गको उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी ,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको सो पदमार्गको आइतबार एक कार्यक्रमको विच उद्घाटन गरिएको हो ।

नवनिर्मित पदमार्गको प्रतिनिधि सभाका सदस्य सांसद भुपेन्द्र बहादुर थापाले उद्घाटन गर्नुभयो । प्रवासी म्याग्दीलीहरुले जिल्लाको सामाजिक ,भौतिक र मानविय क्षेत्रमा पु¥याएको योगदान जिल्ला र देशकै लागि नमुनायोग्य भएको बताउनुभयो । पदमार्ग निर्माण प्रश्चात पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । विदेशमा सिकेको सिप र पुजि लगानीका लागि जिल्लामा पर्याप्त सम्भावना भएको बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य बिनोद केसीले प्रवासी म्याग्दीलीले जिल्लाको विकासमा पु¥याएको योगदान महत्वपुर्ण भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले पर्यटन क्षेत्रलाई जोड दिएकाले जिल्लाका पर्यटकीय स्थलमा पुर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले लभ्लीहिलमा निर्माण भएको पदमार्गले पर्यटन क्षेत्रमा थप सहयोग पुग्ने बताउनुभयो ।

प्रदेश र संघिय सरकारको पर्यटन बर्षको अभियानलाई लक्ष्यित गरी नगरपालिकाले पर्यटकीय स्थलमा पुर्वाधार निर्माणलाई जोड दिएको बताउनुभयो । मोना अध्यक्ष चक्रबहादुर थापाले प्रवासमा रहेका म्याग्देलीहरुको संयुक्त सहयोगमा लभ्लीहिलमा पर्यटन पदमार्ग निर्माण भएको जानकारीदिनुभयो । जिल्लामा आन्तरिक तथा बाह््य पर्यटकलाई लक्ष्यित गरी मोनाले पुर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो ।

जिल्लाको आथिक,भौतिक सामाजिक, तथा मानविय क्षेत्रमा मोनाले पु¥याएको योगदानको बारेमा जानकारी गराउनुभयो । लगानीले मात्र जिल्लाको विकास सम्भव भएकाले प्रवासमा रहेका म्याग्देलीहरुले लगानी गर्न खोजे पनि लगानीमैत्री बातावरण हुन नसकेको गरेको गुनासो गर्नुभयो । जिल्लाको विकासमा सबै राजनितिक दलहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।


पदमार्ग निर्माणका संंयोजक ओमनारायण जुग्जालीले बेनी नगरपालिकाको ३७, लाख ३६ हजार ८ सय ५ ,मोना आईईसीको २९ लाख ८९ हजार४ सय ४४ र म्याग्दी उद्योग वाणिज्य संघको ७ लाख ४७ हजार ३ सय ६० रुपैयाँ लगानीमा पर्यटकीय पदमार्ग निर्माण भएको बताउनुभयो । ६७७ मिटर पदमार्गको १.८ मिटर चौडाइ भएको दायाँबायाँ दुवैतर्फ रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ ।

कार्यक्रममा नेकपा अध्यक्ष गोबिन्द पौडेल ,नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिन बहादुर कार्र्कि ,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, मोनाका संस्थापक प्रकाश पुन , वडा अध्यक्ष हिराबहादुर थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रम संचालन म्याग्दी उद्योग वाणिज्य संघका सहसचिव सुवर्ण रिजालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार