वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सूरु

बेनी,आइतबार असोज १२ गते ।
जिल्लाको सदरमुकाम बेनीमा जिल्ला स्तरिय वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीको तेस्रो महाधिवेशनको अवसरमा आयोजित जिल्ला स्तरिय अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबार देखी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सूरु भएको हो ।

आइतबार देखी सुरु भएको प्रतियोगिता १६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको फाइनल खेल पर्यटकीय स्थल घोडेपानीमा हुने खेलकुद संयोजक योगकुमार फगामीले जानकारी दिनुभयो । प्रतियोगिताको प्रतिनिधि सभा सदस्य सांसद भुपेन्द्र बहादुर थापाले उद्घाटन गर्नुभयो ।उहाँले प्रतियोगिताले खेलाडीको प्रतिभा उजागर , खेलकुदको विकास संगै सभ्य र मर्यादित समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । साथै सांसद थापाले मोनाले जिल्लाको आर्थिक ,सामाजिक ,स्वास्थ्य र खेल क्षेत्रमा पु¥याएको योगदान जिल्लाको लागि नमुनायोग्य भएको बाउनुभयो ।

कार्यक्रममा मोना आईईसीका अध्यक्ष चक्रबहादुर थापाले खेल क्षेत्रको विकास संगै युवाहरुलाई मोनाको कार्यक्रम बारे जानकारी गराउन तथा उनिहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्नमा मदत पु¥याउन पहिलोपटक भलिबल खेलकुदको आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा पुरुषतर्पm१४ र महिला तर्फ ६ टिमको सहभागिता रहेको प्रतियोगिताका रेफ्री संयोजक तेजिन्द्र बानियाँले जानकारी दिनुभयो । रघुगंगा – ८ र बेनी नगरपालिका –६ विच भएको उद्घाटन खेलमा कुइनेमंगले विजय भएको छ ।

पोल ‘ए’ मा रहेको बेनपा २ ज्यामरुकोटले मंगला गाउँपालिका ३ बरंजजालाई र बेनपा ९ घटानले कुइने मंगलेलाई सोझो सेटमा हराउँदै सेमीफाइनल प्रवेश गरेका छन् भने पोल ‘बी ’ रहेको अन्नपुर्ण गाउँपालिका ६ घारलाई बेनपा ५ पुलाचौरले तथा रघुगंगा गाउँपालिका २ राखु भगवतीले मंगला ५ अर्मनलाई पराजित गरी सेमिफाइनल प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार