सूर्या लाईफद्धारा रुमका पिडित बालबालिकाको अभिभावकत्व ग्रहण

बेनी ,शनिबार असोज १८ गते ।

सुर्या लाईफ ईन्सोरेन्सले सहयोग हस्तान्तर संगै पिडित बालबालिको अभिभावकत्व ग्रहण गरेको छ । म्याग्दीको मालिका गाउँपालिका २ रुम खवाङ्गका मोति प्रसाद नेपालीको मृत्य भएपछि पिडित विचल्लीमा रहेका परिवारलाई कम्पनीको तर्फबाट पचाँस हजार रुपैया सहयोग हस्तान्तरण गरिएको ईन्सोरेन्स म्याग्दी शाखाका प्रबन्धक भरत बहादुर रकालले जानकारी दिनृुभयो ।

कुटपिटबाट गम्भिर हुनुभएका मोति प्रसादको उपचारको क्रममा मृत्य भएको थियो । नेपालीको मृत्यु संगै उहाँकी श्रीमती तीन छोराछोरी विचल्लीमा परेका थिए । नेपालीका एक छोरा दुई छोरी हुनुहुन्छ । परिवारको कमाउने नेपालीको मृत्यु पछि उहाँका परिवारमा अहिले दैनिकी गुजारा र दिनहु छाक टार्न समेत गाहो भएको छ । दैनिक मजदुरी गरेर घर परिवार चलाएका नेपालीको अकल्पनिय मृत्यु पछि घर परिवार चलाउन छोरा छोरीलाई पढाउन नसकेको श्रीमती सन्तु नेपालीले बताउनुभयो ।

‘ श्रीमानको मृत्यु भएपछि हामी बेसाहारा जस्तै बनेका छौ ’ मृतक नेपालीकी श्रीमती नेपालीले भन्नुभयो । ‘सहयोगप्रति धन्यवाद दिन चाहान्छु । सबैले अलि अलि सहयोग गरे पनि बालबालिकाको पढाईलाई निरन्तरता दिने सहज हुनेछ । ’

सहयोग हस्तान्तरणसंगै सुर्या लाईफले पिडित बालबालिकाहरुको १० कक्षा सम्मको अध्ययनको लागि सम्र्पुण खर्च दिने गरि अभिभावकत्व ग्रहण गरेको प्रवन्धक रकालले बताउनुभयो । बालबालिकालाई दरबाङमा रहेको केवि एकेडेमीले १० कक्षा सम्म निशुल्क पढाईदिने तर उनिहरुको अन्य खर्र्च सुर्या लाईफले जिम्मा लिने केवि एकेडेमीका संचालक हिरा पुनले बताउनुभयो । सोहि अवसरमा मालिका गाउँपालिका वडा ५ वडा अध्यक्ष पिपला बुढा समाजसेवी मेख बहादुर पुन लगायतले नगद हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार