बिम बस दुर्घटना ः मृतक ४ जनाको सनाखत

बेनी,सोमबार कात्तिक १८ गते । म्याग्दीको मालिका गाउँपालिका –७ बिममा यात्रुबाहक बस दुर्घटनामा परि ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । आइतबार साँझ साढे ६ बजेको समयमा दरबाङदेखी मालिका– ७ बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४ ७६ नम्बरको यात्रुबाहक बस बिमको गलघण्टी घुम्तीमा अनियन्त्रीत भई दुर्घटना हुँदा बसमा सवार ४ जनाको घटनास्थलमा नै ज्यान गएको थियो ।

मृत्यु हुनेमा बिम निवासी ७० बर्षिया सतदेबी भट्टचन ,बिम निवासी ११ बर्षिया आयुषा जुग्जाली,सोही बिम निवासी ९ बर्षिय रबि जुग्जाली र गुल्मीको कालिगण्डकी –२ निवासी विष्णु पाण्डे रहेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो ।


घाईते हुनेमा मालिका गाउँपालिका –७ बिम निवासी ६० बर्षिय राजमान दर्जी ,सोही बिम निवासी ५३ बर्षिय हुम बहादुर जुग्जाली ,३८ बर्षिय पलप्रसाद जुग्जाली ,२६ बर्षिय नरदेबी परियार ,बेनी नगरपालिका ९ घटान निवासी १६ बर्षिय बिसन खत्री,बेनी नगरपालिका ०४ राक्ष निवासी १७ बर्षिय गौरब पौडेल ,बागलुङको ताराखोला गाउँपालिका ५ निवासी १७ बिजय कंडेल ,बेनी नगरपालिका ४ राक्ष निवासी १९ बर्षिया प्रमिस पौडेल ,मालिका –७ बिम निवासी २६ बर्षिया दिलु शेरपुञ्जा ,सोही बिम निवासी ६ बर्षिया कृष्टिना जुग्जाली ,६१ बर्षिया तनदेबी जुुग्जाली ,६० बर्षिया चन्द्रकली दर्जी ,३८ बर्षिया पलदेबी जुग्जाली ,अन्दाजी १८ बर्षिय शुरेश जुग्जाली ,बिम निवासी ३१ बर्षिया लिला जुग्जाली ,धवलागिरी गाउँपालिका ३ दर निवासी १८ बर्षिया रिलमाया बुढा ,बेनी नगरपालिका ३ भकिम्ली निवासी ३५ बर्षिय केशब शर्मा न्युरे , मालिका ४ च्युरिबोट निवासी १७ बर्षिया अन्जु घर्ति ,सोही च्युरिबोट निवासी १८ बर्षिया खिममाया घर्ति र मंगला गाउँपालिका ५ छिसबाङ निवासी २२ बर्षिय रमिला खत्रि रहेका छन् ।


दुर्घटनामा परि घाईते भएकाहरु मध्ये मंगला गाउँपालिका १ पैयुँपाटाका टेकबहादुर सार्की सहित ९ जनालाई थप उपचारका लागि बेनी अस्पताल रिफर गरिएको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर तिलक गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सामान्य घाईतेहरु प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्किएका छन् । उद्धारमा दरबाङ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासी खटिएका थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रातको समय भएकाले उद्धारमा समस्या भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार