शिव म्याग्दी आउने !

बेनी ,बुधबार कात्तिक २० गते ।
प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ यही कार्तिक २९ गते बेनी आउने भएका छन् । गजलकार प्रकट एकल गजल वाचनको लागि म्याग्दीको सदरमुकाम बेनी आउने भएका हुन् । म्याग्दी उद्योग वाणिज्य सङ्घको सभा हलमा दिनको तीन बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ ।

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलिमाथि सार्नुको मज्जा बेग्लै थियो ।
वारिबाट पारिसम्म छोटो बाटो भए पनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो ।
(प्रकट पंगेनी ‘शिव’)
तप्पतप्प जलविन्दु चुहाएर के निस्कियौ
स्निग्ध, कोमल, कञ्चन आहा १ नुहाएर के निस्कियौ ।
भाग्यमानी रै’छ साबुन फिँजैफिँज भई बरालियो
जुन साबुनलाई अङ्गअङ्ग छुवाएर के निस्कियौ ।
(प्रकट पंगेनी ‘शिव’)
युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य सञ्चारको सह–आयोजनामा यही कार्तिक २९ गते शुक्रबारको दिन ‘प्रणयमा प्रकट’ कार्यक्रम हुने भएको हो । म्याग्दीको बेनी बजारमा हुने सो साहित्यिक कार्यक्रम अन्तर्गत कवि,गीतकार तथा गजलकार प्रकट पंगेनी ‘शिव’को एकल प्रस्तुती मार्फत दजर्नौ गजल वाचन गर्ने सञ्जालका अध्यक्ष सन्दीप रिजालले जानकारी दिए ।
वरिष्ठ गजलकार प्रकटको आगमनले म्याग्दीको साहित्यिक क्षेत्रमा भईरहेको विकासलाई अझ मजबुत बनाउन थप सहयोग पु¥याने सह–आयोजक म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दीप खत्रीले जानकारी दिए ।
केहीदिन पहिले म्याग्दी साहित्य सञ्चारको आयोजना र वाचन डवली कतार र अनेसास कतार शाखाको सह–आयोजनामा ‘बुलबुलमा हामी’ नामक गजल वाचन कार्यक्रममा गोरखाका युवा गजलकार प्रदिप रोदन र रुपन्देहीका नकुल पौडेलको साथमा स्थानीय गजलकारहरुले गजल वाचन गरेका थिए । पछिल्लोसमय धौलागिरिको सेरोफेरोमा रहेर म्याग्दी जिल्लाले फरकफरक साहित्यिक कार्यक्रम मार्फत् साहित्य पारखीहरुलाई फरकफरक साहित्यिक स्वादहरु पस्किरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार