खुकुरी प्रहारबाट बिलबाङमा एक महिला घाईते, अवस्था गम्भीर

बेनी ,बुधवार कात्तिक २७ गते ।

जिल्लाको मालिका गाउँपालिका-२ रुमको बिलबाङमा एक महिला खुकुरी प्रहार हुदाँ गम्भीर घाईते भएकी छन् । स्थानीय २७ बर्षका रमेश पुनले रुम खवाङस्थित राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रधानध्यापक अन्दाजी ३६ बर्षिया इन्द्रा बुढालाई विद्यालय जाने क्रममा बिहान ९ः४५ बजे बाटोमा खुकुरी प्रहार गर्दा हात र टाउकोमा गम्भीर चोट लागेको बिलबाङबाट हिमाली युवा क्लबका काेषाध्यक्ष दिबस पुनले म्याग्दी न्युजलाई जानकारी दिए ।

आफ्नै छामालाई पुनले खुकुरी प्रहार गरेपछि अचेत अवस्थामा रहेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए। उनका अनुसार घटनामा संलग्न पुन फरार छन् । इलाका प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ गएको छ । घाईतेलाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा लगिएको क्लबका काेषाध्यक्ष दिबस पुनले जानकारी दिएका छन् । घटनामा संलग्नको खोजीकार्यमा स्थानीयले समेत सक्रियता देखाइरहेका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार