जिप र मोटरसाइकल ठोक्किदा तीन जना घाइते,गम्भिर दुई जनालाई पोखरा पठाइयो

बेनी,मंगलबार मंसिर १० गते ।
म्याग्दीको बेनी नगरपालिका– ६ जलेश्वरमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मंगलबार बेनी नगरपालिका–६ जलेश्वर स्थित गलेश्वर जाँदै गरेको ध १प३५४९ नम्बरको भिआर मोटरसाइकल र मुस्टाङबाट पर्यटक लिएर पोखरा फर्किदै गरेको ध १ च २३५ नम्बरको जिप एक आपसमा ठोक्किदा रघुगंगा गाउँपालिका ६ पाखापानीका २० बर्षिय मनि पुर्जा ,२५ बर्षिय अम्मर पाईजा र २२ बर्षिय सन्तोष थजाली घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी अस्पतालमा सामान्य उपचार पछि घाइते तीन जना मध्ये दुई जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार टाउको ,छाटी र खुट्टामा गहिरो चोट लागि गम्भिर घाइते भएका अम्मर र सन्तोषलाई पोखरा रिफर गरिएको हो । जिप चालकलाई नियन्त्रणमा लिइएको प्रनाउ मरासिनीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार