चौथो करबिर मेमोरियल कपको उपाधी फुटसल वेष्ट प्वाइन्ट र भलिबल आयोजकलाई

म्याग्दी,शनिबार पौष १२ गते ।
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा सम्पन्न चौथो जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कपको उपाधी फुटसल तर्फ न्यु वेष्ट प्वाइन्ट आवासिय मावि विजयी भएको छ भने भलिबलतर्फ आयोजक केबी एकेडेमी बोर्डिङ्ग स्कुल विजयी बनेको छ ।
दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा सम्पन्न फाइलन खेलमा फुुटसलर्मा न्यू वेष्ट प्वाइन्ट आवासिय माविले आयोजकलाइ र भलिबलमा आयोजक केवि एकेडेमीले म्याग्दी एकेडेमीलाई पराजित गर्दै उपाधी हात पार्न सफल भएका हुन् ।

मंगलरबार देखी सुरु दरबारको केबि एकेडेमीको खेल मैदानमा भएको अन्तर विद्यालय स्तरिय खेलकुद प्रतियोगितामा फुटसलमा आयोजकलाई ३–० गाले अन्तरले न्यू वेष्ट प्वाइन्ट भलिबलमा २–२ सेट बाराबारी भएता पनी अन्तिम सेटमा म्याग्दी एकेडेमी सिंगालाई १२–२५ को अन्तरले पराजित गर्दै च्याम्पियन बनेका हुन् । प्रतियोगितामा फुटसल तर्फ १४ र भलिबल तर्फ ६ विद्यालयले सहभागिता जनाएको विद्यालयका सहायक प्रिन्सिपल विमल शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार भलिबलमा प्रथम हुने विद्यालयले नगद ३३ हजार ३३३ ट्रफि, मेडल र प्रमाण पत्र,द्धितिय हुने विद्यालयले १८ हजार ११८ रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका छन् ।त्यस्तै फुटसल तर्फ प्रथम हुने विद्यालयले २५ हजार ट्रफि, मेडल र प्रमाण पत्र, द्धितिय हुने विद्यालयले १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका छन् । प्रतियोगितामा उकृष्ट स्पाइकर, उत्कृष्ट सटरलाई समेत सम्मान पत्रले सम्मान गरिएको छ । विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन र खेलकुदको प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक हिरा बहादुर पुन मगरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार