भिम माविले मनायो ६०औं बार्षिकोत्सव तथा खेलकुद सप्ताह

यामनाथ पौडेल
देविस्थान ,बिहिबार पौष २४ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माध्यपमिक विद्यालयले विविध कार्यक्रम गरी आफ्नो ६० औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले ६० औँ बार्षिक उत्सवको अवसरमा खेलकुद सप्ताह तथा अभिभावक दिवस सहित विविध कार्यक्रमको अयोजना गरि मनाएको हो ।

२० गतेदेखी तीन दिन सम्म संचालन संचालन भएको खेलकुद सप्ताह अन्तर्गत विभिन्न एथलेटिक्स अन्तर्गत १३ वटा विधामा छात्रछात्रा गरि कुल २६ वटा विधामा खेल सम्पन्न भएको थियो । जसमा माछापुच्छ्रे सदनले १२ स्वर्ण ८ रजत र ६ कास्य सहित प्रथम र सगरमाथा सदनले ९ स्वर्ण ४ रजत र ३ कास्य सहित द्वितीय भएको थियो । प्रथम र द्वितीय सदनलाई क्रमशः ५ हजार र ३ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

यसैगरी महिला अभिभावक तर्फ म्युजिकल अजबष्च तर्फ रेखा पुर्जा प्रथम , कर्ण गौचन द्वितीय र दिलमाया मल्ल तृतीय भएका थिए । पुरुष अभिभावक र शिक्षक बिच मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शिक्षक टिम विजय भएको थियो ।साथै वार्षिक उत्सवको अवसरमा मालिका गाउपालिकाको शैक्षिक क्यालेन्डर अनुसार पौष १ गते देखी ९गते सम्म लिइएको दोश्रो त्रैमासिक परिक्षामा प्रत्येक कक्षावाट प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो , भने कक्षा ६ की छात्रा दुर्गा पुन ८४ प्रतिशत अंक सहित उत्कृष्ट विद्यार्थीको रुपमा पुरस्कृत हुनुभएको थियो ।

सोहि अवसरमा कक्षा १० की छात्रा करुणा पुर्जाको बाबा पोम बहादुर पुर्जालाई उत्कृष्ट अभिभावकको रुपमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य सुवेदार दिल बहादुर पुनले मगरले विजेता टिमलाई पुरस्कार वितरण गर्नुहुँदै बधाई दिनुभयो । उहाँले भिम मावि पश्चिम म्याग्दीको शैक्षिक धरोहरको केन्द्र भएको बताउनुभयो ।


यसैगरी विद्यालयका प्रअ डम्बर बहादुर घर्ति मगरले विद्यालय पश्चिम क्षेत्रकै शैक्षिक धरोहरको केन्द्र भएृकाले विद्यालयमा पुर्वाधार निर्माण संगै तथा प्रविधिसंग जोड्न आवश्यक रहेको बताउनुहुँदै स्थानीय ,प्रदेश र संघिय सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार पुनको अध्यक्षता ,शिक्षक अभिभावक संघकी अध्यक्ष रेखा पुर्जा र पुर्व बिद्यालय ब्यवस्थापन समितिको एवम् समाजसेवी निम बहादुर पुनको विशेष उपस्थिति ,प्रअ घर्ती मगरको सञ्चालन, शिक्षक नरबहादुर विश्वकर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार