युएईबाट निस्कोटका मृर्गाैला पिडित सुुरेश पुनलाई आर्थिक सहयोग

बेनी,विहिबार पौष २४ गते । मृर्गौला रोगबाट पिडित निस्कोटका सुरेश पुन मगरलाई युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका मृर्गौला रोगबाट पिडित २४ बर्षिय सुरेश पुन मगरलाई सोही निस्कोट घर भई हाल रोजगारीको शिलशिलामा युएईमा कार्यरत कुबिर पुन मगरको संयोजकत्वमा संकलित २० हजार रुपैयाँ मृर्गौला पिडितका आफन्तलाई विहिबार बेनीमा एक कार्यक्रमका विच हस्तानतरण गरिएको छ ।

सो आर्थिक सहयोग रकम म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरले मृर्गौला पिडित सुरेशका काका सम्मरबहादुर पुन मगरलाई हस्तान्तरण गर्नुभएको हो । मृर्गौला रोगबाट पिडित सुरेशको उपचारमा सहयोग पु¥याउन आफु संगै कम्पनीमा कार्यरत नेपालीहरु साथिहरुबाट सो रकम संकलन गरि नेपाल पठाइएको आर्थिक सहयोग संकलन अभियानका संयोजक पुन मगरले बताउनुभयो ।

उहाँले मृर्गौला रोगबाट पिडित सुरेश पुनलाई बचाउनमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । सो आर्थिक सहयोग रकम सुरेशका काका पुनले प्रभु बैंकमा रहेको छोराको खातामा जम्मा गरिदिएको जानकारी दिनुभयो । देशिक रोजगारीको शिलशिलामा दुई बर्ष अघि मात्र कुवेत पुग्नुभएका पुनको पाँच महिना अगाडी स्वास्थ्यमा समस्या देखा परेपछि उपचार गराउन जाँदा अस्पतालले दुबै मृर्गौलामा समस्या देखाएको थियो ।

सुरेशको दुबै मृर्गौलाले काम गर्न छाडेपछि कुवेतमा रहेका नेपाली र कुवेत स्थित विभिन्न संघसंस्थाको सहयोगमा उपचार गरी केही समय अघि नेपाल ल्याइएको थियो । घरको आर्थिक अवस्था नाजुक भएकाले छोराको ज्यान बचाइदिन सुरेशका काका सम्मरबहादुरले अपिल गर्नुभएको छ । विगत पाँच महिनादेखी दुबै मृर्गौलाले काम गर्न छाडेपछि पुन मगरले काठमाण्डौ स्थित शुमेरु अस्पतालमा डाइलासिस गराउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार