मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक (भिडियोे)

काठमाडौं ,शनिबार पौष २६ गते । नेपालका करिब बीस लाख मगरहरुको प्रतिनिधित्व गर्दै निर्माण गरिएको मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक गरिएको छ ।

मनास्लु मिडिया प्रा।लि।को तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतको रचना र संगीत मनबहादुर पुनको छ । उनी पत्रकार तथा लेखक समेत हुन् । उनी प्रालिका अध्यक्षका साथै मनास्लु पोष्ट डटकमका प्रधान सम्पादक समेत हुन् ।

मगर राष्ट्रिय गीतमा ५१ जना मगर गायक तथा गायिकाहरुको स्वर छ । यो नै यसको प्रमुख विशेषता हो ।संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

उक्त गीत युट्युबको मनास्लु टिभीमा राखिएको छ । सो अवसरमा विभिन्न क्षेत्रका ३१ जना व्यक्तिहरुलाई कला मनोरञ्जनका विधा अनुवार अवार्ड समेत वितरण गरिएको थियो । सार्वजनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार