एमसीसीबारे पार्टीले छिट्टै निर्णय लिन्छ ः प्रवत्ता श्रेष्ठ

बेनी ,सोमबार माघ ४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आगमी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आउनुभएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका वारेमा सचिवालयको वैठकमा छलफल भएको बताउँदै राष्ट्र हित र स्वाधिनतालाई प्राथमिकतामा राखेर पार्टीले छिट्टै उचित निर्णय लिने बताउनुभयो ।

‘एमसिसिबारे बारेमा पार्टीको सचिवालय बैठकमा छलपल हुँदै छ,राष्ट्रको हित र यथार्थतामा रहेर पार्टीले छिट्टै निर्णय लिन्छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
नेपाल प्रेस संठन म्याग्दी शाखाले शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै राष्ट्रियसभा सदस्य पदका उम्मेद्धार समेत रहनुभएका प्रवत्ता श्रेष्ठले यस्तो बताउनुभएको हो ।साथै उहाँले उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा दिने बताउनुभएको छ ।

उपसभामुखले राजिना दिने र माघ ६ गते वस्ने संघीय संसदको वैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु हुने उहाँको भनाई थियो । नेता श्रेष्ठले अव पनि सूचना टाँस गरेर संसद वैठक स्थगित हुने वातावरण नहुँने विश्वास व्यक्त गर्नुभयो ।सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उहाँको भनाई थियो । आगमी २०७७ साल भित्र पार्टीका सवै कमिटिको अधिवेशन गर्ने गरी पार्टी भित्र छलफल चलेको उहाँले जानकारी दिनुभयो । नेता श्रेष्ठका साथमा राष्ट्रियसभा उम्मेदावर भगवती न्यौपाने पनि बेनी आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार