बालगृहमा बालबालिकालाई न्यानो कपडा वितरण

बेनी ,बुधबार माघ ८ गते ।
लायन्स क्लव अफ बेनी महारानीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच क्लवले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले विद्यलायको पोशाक सुईटर वितरण हस्तान्तरण गरिएको हो । बालगृहमा आयोजित कार्यक्रममा क्लवको निर्वतमान अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, क्लव अध्यक्ष रञ्जिता भट्टचन सहित अन्य पदाधिकारीले बालबालिकालाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरणको अवसरमा क्लव अध्यक्ष भट्टचनले लायन्स क्लव विश्वकै ठूलो मानवीय सेवामा सक्रिय संस्था भएकाले भविस्यमा क्लवमार्फत समुदायमा आवश्यक विभिन्न क्षेत्रमा सहयोगको प्रतिबद्धता समेत जनाइएको थियो । नेपाल बाल संगठनका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सदस्य एकेन्द्र रावलको उपस्थितीमा ११ हजार ५० रुपैयाँको न्यानो कपडा वितरण गरिएको थियो। सोही अवसरमा संगठनले निर्माण गरिरहेको भवन सहितका योजनामा सहयोगको अपेक्षा गरिएकाले साथ दिन समेत अनुरोध गरिएको थियो । म्याग्दीमा लायन्स क्लवमार्फत विभिन्न रचनात्मक कार्यहरु भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार