नेपाल राष्ट्रिय मगर संघ,बेनी नगरको प्रथम अधिवेशनबाट अध्यक्षमा बुढाथोकी चयन

बेनी ,शनिबार माघ १८ गते ।
नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ,बेनी नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा दिवाकर बुढाथोकी चयन हुनुभएको छ । उपाध्यक्षमा रेणु घर्ती मगर ,सचिव बुद्धी शेरपुन्जा ,सहसचिव यमुना पाइजा ,कोषध्यक्ष सिता पुर्जा तथा सदस्यहरुमा माया तिलिजा,ध्रुब रोका ,रत्नकली घर्ती मगर ,अन्जली बुढाथोकी ,लोकमाया थजाली ,डमबहादुर पुर्जा ,दमति तिलिजा ,छमाया पुन ,यमुना थापा ,थमाया पुन ,टिकाकुमारी तिलिजा ,भद्रकुमारी पुर्जा ,लालकुमारी पुन ,प्रिया पुर्जा ,कबिता पुर्जा ,सबिना पाईजा र सबिना पुर्जा चयन भएका छन् ।

अधिवेशनको उद््घाटन गर्नुहुदै नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले नयाँ कार्यसमितिलाई बधाई दिनुभयो । उहाँले राज्यबाट हकअधिकार प्राप्तीका लागि सबै एक हुनुपर्ने बताउनुभयो । उहाँले राज्यको हरेक परिवर्तनमा मगर समुदायको महत्वपुर्ण योगदान रहेको बताउनुभयो । मगर समुदाय संगै राज्यबाट पछाडी पारिएका जनजातीको हकअधिकार प्राप्तिका लागि राजनितिक र प्रशासनिक क्षेत्रको चतनाको जानकारी हुन आवश्यक रहेको सभापति गर्बुजाको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति एव् संविधान सभा सदस्य रेशम बहादुर बानियाँ,पुर्व सभापति डाक्टर भुपेन्द्र बहादुर खड्काले बधाई तथा सफल कार्यकाको शुभकामना व्यक्त गर्नुहुँदै हकअधिकार प्राप्तिका लागि सबै एक हुनुपर्ने बताउनुभयोे । पुर्व सहसभापति नेत्रबहादुर महत ,सचिव क्याप्टेन मिनबहादुर कार्की,नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं ख का सभापति कमल छन्त्याल लगायतल् बोल्नुभएको थियो ।

यसैगरी नेपाल राष्ट्रिय मगर संघ,म्याग्दीका अध्यक्ष हिराबहादुर पुन मगरले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले बेनी नगरपालिका सहित सबै स्थानीय तहमा संगठन विस्तार गरिएको बताउनुभयो । अध्यक्ष पुन मगरले मगर समुदायको हकअधिकार र राजनितिक नेतृत्व जन्माउनका लागि संघ स्थापना भएको बताउँदै म्याग्दीमा दुई हजार मगरलाई सदस्यता बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो । राष्ट्रिय मगर संघ ,जिल्ला कार्यसमिति सदस्य देव राना मगरको संचालन तथा कोषध्यक्ष ललिता पुनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार