मालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ,भिम माविको विजयी सूरुवात

दबारङ्ग ,बुधबार माघ २२ गते ।
जिल्लाको पश्चिम मालिका गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका–६ दरबाङ्गमा बुधबारदेखी गाउँपालिका स्तरिय अन्तरमावि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।

कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्द्धाटन विद्यार्थीमा लुकेर रहेको क्षमता उजागर गर्न र खेलकुदको प्रवद्र्धन गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदले विद्यार्थीको क्षमता उजागर गर्नुका साथै शारिरिक मानिसक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान पुग्ने विश्वास ब्यक्त गर्नुभयो । प्रमुख केसीले भन्नुभयो ‘खेलकुदले ग्रामिण भेगका विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रस्फुटन,आन्तरिक पर्यटन प्रवद्र्धन तथा खेलकुदको विकासका लागि प्रतियोगिताले महत्वपुर्ण सहयोग पुग्छ भन्नेमा विश्वास लिएको छु ।’

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले नेपाल सरकारको निर्देशन तथा कार्यक्रम तालिका अनुसार प्रतियोगिता संचालन गरिएको बताउनुभयो । ‘ग्रामिण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर,आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ,गाउँपालिकाबाट उत्कृष्ट प्रतिभा छनौट गरी जिल्ला प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागि गराउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो,’ अध्यक्ष रोका मगरले भन्नुभयोे ।’ प्रतियोगिताले खेलकुदको विकास र प्रवद्र्धन गर्नमा सहयोग पुग्ने अध्यक्ष रोका मगरले विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा शैक्षिक गुणस्तरको आधार मध्य खेलकुद पनि भएको अध्यक्ष रोका मगरको भनाई थियो ।

उपाध्यक्ष खर माया विटालुले प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाले खेलकुदको विकासका लागि एक वडा एक खेलमैदान निति बनाई निर्माण सुरु गरेको जानकारी दिनुभयो । कार्यक्रममा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल,गाउँपालिकाका–६ का अध्यक्ष एव् कार्यक्रम संयोजक सन्तोस सुवेदी ,म्याग्दी उद्योग वाण्ज्यि इकाई दरबाङ्गका अध्यक्ष गोविन सिंउथानी ,जनप्रिय माविका प्रअ दिवाकर सुवेदी लगायतले बोलेका थिए । अध्यक्ष रोका मगरको अध्यक्षता ,उपाध्यक्ष विटालुको स्वागत तथा केवि एकेडेमीका शिक्षक विमल शर्माको संचालनमा उद्द्धाटन कार्यक्रम सम्पन्न भएको थियो ।

२४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडा भित्रका निजि र सामुदायीक गरि ११ विद्यालयहरुले सहभागिता जनाएका छन् । बुधबार भएको उद्घाटन खेल अन्तर्गत १५०० मिटर दौडको छात्र तर्फ भिम मावि देविस्थान प्रथम ,किसानी मावि विम द्धितिय,जनप्रिय मावि दरबाङ्ग तृतिय ,छात्रा तर्फ भिम मावि प्रथम, किसाजी मावि द्धितिय र जनप्रिय मावि तृतिय ,१०० मिटर दौड अन्तर्गत छात्र तर्फ दरबाङ्ग ईङलिस बोर्डिङ्ग स्कुल प्रथम ,भिम मावि द्धितिय र किसानी मावि तृतिय तथा छात्रातर्फ भिम मावि प्रथम,जनप्रिय मावि द्धितिय र सिद्धार्थ मावि च्युरिबोट तृतिय भएका छन् । प्रतियोगितामा कवड्डी महिला पुरुष ,भलिबल महिला पुरुष तथा एथलेटिक्स अन्तर्गत विभिन्न विधाका खेलहरु संचालन हुनेछन् ।

प्रतियोगितामा विजेताले रनिङ्ग शिल्ड ,५५ हजार रुपैयाँ ,ट्रफि ,मेडल र प्रमाण्पत्र ,उपविजेताले ४० हजार रुपैयाँ , ट्रफि मेडल र प्रमाणपत्र तथा तृतिय हुने विद्यालयले २५ हजार रुपैयाँ ,ट्रफि ,मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यागत प्रतियोगितामा विजेता ,उपविजेता र तृतिय हुने विद्यालयले पनि नगद ,मेडल र प्रमाणपत्र पाउनेछन् । भिम मािव गत बर्ष भएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्डको विजेता पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार