दिपक माविलाई गर्बुजाद्धारा ५० हजार रुपैयाँ सहित कम्प्युटर सहयोग

समिर रोका मगर
म्याग्दी,मंगलबार माघ २८ गते । म्याग्दीको बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई रु ५० हजार, २ थान कम्पयुटर , २ थान भलिबल र एउटा पम्प सहयोग प्राप्त भएको छ । बेनि नगरपालिका १० पात्लेखेत स्थाई घर भई हाल युकेमा बस्दै आउनुभएका खिम बहादुर गर्बुजा मगरले बिद्यालयको चौतर्फि बिकासका लागि उक्त नगद सहितको अन्य साम्रगी सहयोग गर्नुभएको बिद्यालयका प्रधानाध्यापक बिष्णुु प्रसाद ढुङगानाले जानकारी दिनुभएको छ ।

सहयोग हस्तान्तर गर्दै गर्बुजाले आगामी दिनहरुमा बिद्यालयको आबश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सहयोग हस्तान्तरण कार्यक्रममा बेनि नगरकार्यपालिका सदस्य योगेन्द्रमान गौचन, वडा सदस्य बिष्णु रकाल बिद्यालयका सल्लाहकार कृष्ण बहादुर मल्ल, समाजसेबी चन्द्रलाल शर्मा, र बिद्यालयमा लामो समय सेवा गरेका शिक्षक गंग बहादुर मल्ल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुबेदिको अध्यक्षता बेनि नगरपालिका १० का कार्यबाहक वडा अध्यक्ष लोक बहादुर पुन मगरको प्रमुख आतिथ्यता र शिक्षक खेमराज सुबेदिको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार