बेनी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

बेनी ,शुक्रबार फागुन ०२ गते । म्याग्दीको बेनी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय छात्र÷छात्रा खेलकुद प्रतियोगिता शुक्रबारदेखि बेनीमा सुरु भएको छ ।

४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका सांसद बिनोद केसीले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा सांसद केसीले बेनीका खुल्ला मञ्च खेलमैदानलाई स्टेडीयम बनाउन प्रदेश सरकारले पहल गरेको बताउनुभयो ।

खेलकुदलाई मनोरञ्जन र रमाइलोमा मात्र सिमित नराखी पर्यटनसंग जोड्नुपर्ने बताउनुभयो । खेलकुदको विकासका लागि खेलमैदान निर्माण लगायत पूर्वाधारमा जोड दिएको बताउनुभयो ।
नगरप्रमुख हरिकुमार श्रेष्ठले खेकुदको विकास तथा खेलाडीमा रहेको प्रतिभा छनौट गरी जिल्ला ,प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागि गराउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र प्रतियोगिता सञ्चालन उपसमितिका संयोजक तथा कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

राष्ट्रिय महिला भलिबल टिमकी क्याप्टेन अरुणा शाहीले खेल क्षेत्रमा सफलताका लागि मेहनत महत्वपूर्ण भएको बताउनुभयो । नियमित अभ्यास र मेहनतले आफू राष्ट्रिय टिमको क्याप्टेन बन्न सफल भएको शाहीले अनुभव सुनाउनुभयो ।

नगर प्रमुख श्रेष्ठको अध्यक्षता, शाखा अधिकृत युवराज थापाको सञ्चालन र कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीको स्वागत मन्तब्यमा भएको उद्घाटन कार्यक्रमका अवसरमा खेलाडीहरुले मार्चपास गरेका थिए ।

भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आर्ट बिधाका कराते र तेक्वान्दो खेलहरु सञ्चालन हुने भएको छ । प्रतियोगितामा प्रथमलाई रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र सहित पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

दृतीय र तृतीय हुने विद्यालयले ट्रफि, मेडल र प्रमाणपत्र सहित ३५ हजार र २० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । सर्वोकृष्ट खेलाडीलाई तीन हजार पाँच सय र सबै बिधामा उत्कृष्ट एक, एक जनालाई दुई हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिने भएको छ ।प्रतियोगिताको उद्घाटनका अवसरमा बेनी बजारमा ¥याली निकालीएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार