नेपाल मगर बिद्यार्थी संघ,म्याग्दी क्याम्पस मुल इकाई अध्यक्षमा पाइजा

बेनी ,बुधबार फागुन ०७ गते ।
नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीको संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बुधबार सदरमुकाम बेनिबजार स्थित जिल्लाको अग्रणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसम मुल इकाई समिति गठन गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पस मुल इकाई समितिको अध्यक्षमा तुबिना पाईजा मगर चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विशाल थापा मगर , सचीवमा सन्तु पुर्जा मगर , सह सचिवमा तिलक थापा मगर कोषाध्यक्षमा आकाश पुन मगर सहित ५० सदस्य कार्य समिति गठन गरिएको नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दिको सदस्य रबिना पुन मगरले जानकारी दिनुभयो ।

नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय सदस्य रश्मी रोका मगरले निर्वाचित नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिनुहुँदै मगर समुदायको लोपोन्मुख भाषा , कला, सस्कृतीको जगेर्ना गर्न बिद्यार्थी जुत्नुपर्नेमा जोड दिनुभयो । यसैगरी कार्यक्रममा नेपाल मगर बिद्यार्थी संघ,४ नम्बर प्रदेश समितिका सचीव धन बहादुर रोका (समीर)ले मगर बिद्यार्थीहरुको समस्याको समाधान गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्न बिद्यार्थी संघ अझ बढ्न जिम्मेवार हुन आग्रह गर्नुभयो ।

नेपाल मगर बिद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्ष निर्मल पुर्जा मगरको अध्यक्षता नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समितिका सदस्य लिला पुर्जा मगरको संचालन र नेपाल मगर विद्यार्थी म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको सदस्य कुसुम पुर्जा मगरकोस्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार