नेपाल शिक्षक संघकाे बेनीमा दोस्रो स्थानीय तह प्रतिनिधि सभा

बेनी,शनिबार फागुन १७ गते ।
नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल शिक्षक संघको बेनी नगरपालिकामा दोस्रो स्थानीय तह प्रतिनिधि सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ ,बेनी नगरपालिकाको आयोजनामा सो कार्यक्रम बेनीमा शनिबार सम्पन्न भएको हो । प्रतिनिधि सभाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।


कार्यक्रममा नगर प्रमुख श्रेष्ठले शिक्षकको समाज रुपान्तरणमा ठुलो योगदान भएको बताउनुहुँदै शिक्षकको हकअधिकारका लागि सांगठनिक एकता हुन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षक पेशालाई समाजमा मर्यादित बनाइ राख्न र विद्यालयलाई गुणस्तरिय शिक्षा प्रदान गर्न नयाँ प्रविधिसंग पनि जानकार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की , प्रवक्ता अजयमिलन श्रेष्ठ,नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य केबी भण्डारी, नेपाल महिला संघ ,म्याग्दीकी अध्यक्ष विमला गौचन , नेपाल शिक्षक संघ ,म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदी , नेपाल ट्रेड युनियन म्याग्दीका अध्यक्ष कोमलप्रसाद ढुङ्गना ,नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीका सचिव विशाल खत्री लगायतले बोल्नुभएको थियो ।

बेनी नगर इकाई सभापति कासिराम रेग्मीको अध्यक्षता ,सहसचिव सुरेन्द्रप्रसाद केसीको संचालन र उपाध्यक्ष मोहनप्रसाद सुवेदीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगर इकाई कार्यसमितिका अर्थ सचिव सुनिल बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहसचिव केसीले सचिवको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँपालिका इकाईका प्रतिनिधि संगै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार