ह्याडबल संघ म्याग्दीको अध्यक्षमा शिशिर शाही

बेनी,बुधबार फागुन २१ गते  । म्याग्दीमा मंगलबार शिशिर शाहीको अध्यक्षतामा नेपाल ह्याडबल संघको जिल्ला कार्यसमिति गठन भएको छ ।

संघको उपाध्यक्षमा जनक सोनाम, सचिवमा धनबहादुर रोका (समीर), कोषाध्यक्षमा अमृता गर्बुजा र सहसचिवमा मेनुका तिलिजा चयन हुनुभएको छ ।

संघका सदस्यहमा सन्दिप हमाल, उदयबहादुर दर्जी, कुमार किसान, किस्मत बानिया, नबिन खत्री, विशाल कार्की, गणेश हमाल र अर्जुन कार्की रहनुभएको छ ।

नेपाल ह्याडबल संघका केशव पाठक, नारायण पुन र जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

म्याग्दीमा ह्याडबल खेलको विकासका लागि पहल गरिने अध्यक्ष शाहीले बताउनुभएको छ । भेलाले नेपाल ह्याडबल संघको महाधिवेशनका लागि अध्यक्ष शाहीलाई प्रतिनिधि चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार