लकडाउनको समय लम्बाउन सिफारिस

काठमाडौं,आइतबार चैत १६ गते  । लकडाउनको समय लम्बाउनका लागि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेको छ । समितिको सिफारिसका आधारमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ ।

मन्त्रिपरिषद्को बैठक केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । समितिले अहिलेको अवस्थामा लकडाउन लम्बाउनका लागि सरकारलाई सिफारिस गरको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार, बढीमा १४ दिन लकडाउने बढाउने बारेमा छलफल भएको छ । तर, परिस्थितिको विश्लेषण गरेर कति समय थपघट गर्नेबारे निर्णय हुँदै जानेछ । नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार