म्याग्दीमा विदेशबाट आएका १९ जना क्वारेन्टाइनमा (भिडियो)

बेनी ,आइतबार चैत १६ गते ।
विभिन्न देशबाट घर आएका म्याग्दीका १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशबाट घर आएका १९ जनालाई म्याग्दीको बेनी नगरपालिका –८ स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा १९ जनालाई भर्ना गरिएको हो ।

file photo

चैत १ गतेदेखी यता विभिन्न देशबाट आएका नोबेल कोरोना भाइरस (कोभिड –१९)को आशंकामा आइतबार सम्मा १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा भर्ना भएका चैत १ गते देखी यता खाडी मुलुक दुबई ,कतार ,साउदी अरेबीया,कुवेत ,अष्ट्रेलिया ,इन्डिया लगायत विभिन्न देशका छन् ।

बेनी नगरपालिकाको प्राविधिक सहयोग र बेनी अस्पतालको व्यवस्थापनमा क्वारेन्टाइन भर्ना गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बेनी अस्पताल तयारी अवस्थामा रहेको बताउनुहुदै पिपिई लगायत स्वास्थ्य सामाग्री पर्याप्त रहेको समेत जानकारी दिनुभयो । बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु कसैले पनि विदा नलिएको बताउनुभयो ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस जोखिम बढ्ढै गएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय ,बेनी अस्पताल ,जिल्ला समन्वय समिती ,६ स्थानीय तह र जिल्ला प्रहरी कार्यालय म्याग्दीले संयुक्त रुपमा चैत १ गतेदेखी यता विभिन्न देशबाट आएका म्याग्दीलीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन ,जिल्ला समन्वय समिति ,जिल्लाका सबै स्थानीय तहकाे सहयाेग र बेनी अस्पतालको सहकार्यमा जिल्लाको बेनी नगरपालिका स्थित माउण्ट एभरेष्ट आवासीय मावि ,न्यु वेष्ट आवासीय माविमा क्वारेन्टाइन स्थापना गरिएको छ । यसैगरी रघुगंगाको सबै वडामा ,अन्नपुर्ण ,धवलागिरी र मंगला गाउँपालिकामा क्वारेन्टाइनको व्यवस्था गरिएको छ ,भने मालिका गाउँपालिकाले वडा नं ६ स्थित दरबाङ्गमा दश बेद क्षमताको र बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको सहयोगमा बेनी अस्पतालमा सुविधा सम्पन्न दश बेद क्षमताको आइसोलेशन वार्ड स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार