विशेष सावधानी र सतर्कता अपनाउन सभापति गर्बुजाको अपिल

म्याग्दी,सोमबार चैत १७ गते ।
विश्वव्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ को) संक्रमणबाट बच्न नेपाली कांग्रेस,म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले सावधानी र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । जिल्ला बासीहरुलाई सम्बोधन गर्नुहुँदै सभापति गर्बुजाले भन्नुभयो ,‘विश्वभरी महामारीको रुप लिएको (कोेभिड –१९) कोरोना भाइरसबाट बच्नका लागि आत्मसंयम हुन ,विशेष सावधानी र सतर्कता अपनाउन तथा सरकारले गरेको लकडाउनलाई पुर्ण रुपमा पालना गर्न समेत सबैलाई हार्दिक अपिल गर्दछु,’‘यो विषम परिस्थितीमा काम गर्ने चिकित्सिक ,स्वास्थ्यकर्मी तथा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन चलाउने मजदुर परिवारलाई अत्यावश्यक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछु ।’

file photo

सभापति गर्बुजाले क्वारेन्टाइनमा भर्ना भएकाहरुको नियमित स्वास्थ्य जाँच लगायत विशेष हेरचाह गर्न सुझाव दिनुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि म्याग्दीमा चालिएको कदम , अपनाइएको सावधानी तथा सतर्कता अभियानमा जिल्ला स्थित सबै राजनितिक दल ,प्रशासन ,सुरक्षा निकाय ,स्थानीय तहका जनप्रतिनिधि,नागरिक समाज ,स्वयंससेवक र कार्यकर्ताहरुको भुमिका उल्लेखनिय,महत्वपुर्ण र प्रशंसनिय रहेको उहाँको भनाई छ । यसैगरी नेकपा म्याग्दीले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कार्यकर्ताहरुलाई स्वयंसेवकको रुपमा परिचालन गर्ने जनाएको छ ।

file photo

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार