बेनी अस्पतालको आइसोलेशनमा एक जना भर्ना

म्याग्दी , बेनी सोमबार चैत १७ गते ।
म्याग्दीको बेनी अस्पतालको आइसोलेशनमा एक जनालाई भर्ना गरिएको छ । छिमेकी जिल्ला बागलुङ खुङखानी घर भई हाल पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा बस्ने २७ बर्षिया यूवतीलाई कोरोना भाइरस (कोभिड–१९ ) आशंकामा बेनी अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो ।

आइतबार बेनी अस्पतालमा भर्ना हुनुभएकी ती युवतीमा ज्वरो आउने, टाउको दुख्ने ,रुघाखोकी र स्वासप्रश्वास सम्बन्धी समस्या देखीएपछि आइसोलेशन वार्डमा भर्ना गरिएको अस्पतालका डा.मनोज घिमिरेले जानकारी दिनुभयो । विदेशबाट आएका आफन्त संगै भएकाले ती युवतीको आफन्तलाई पनि थप चेकका लागि बेनी अस्पताल ल्याइने भएको छ । स्वाब परिक्षणका लागि मगलबार टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइने बेनी अस्पताल व्यवस्थापन समितीका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार