बिममा विपन्न, बेसहारा तथा मजदुर परिवारलाई खाद्यान्न र साबुन सहयोग

बेनी ,मंगलबार चैत १८ गते ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा खाद्यान्न सामाग्री वितरण गरिएको छ । वडा कार्यालयको संयोजकत्वमा वडा अध्यक्ष रेशम जुग्जाली ( सुविन) ,स्थानीय पाँच युवा क्लब ,समाजसेवी तथा विभिन्न स्थानीय संघसंस्थाको सहयोगमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड –१९ )को कारण देशमा गरिएको लकडाउनबाट प्रभावित परिवारलाई खाद्यान्न सामाग्री तथा हात धुने साबुन वितरण गरिएको छ ।


‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशमा गरिएको लकडाउनबाट प्रभावित वडा भित्रका अति विपन्न दलित परिवार , बेसहारा गरिब बृद्धबद्धा र बालबालिका तथा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आइरहेका मजदुर परिवार गरी करिब ४५ घरधुरीलाई वडा कार्यालयको संयोजत्व र स्थानीय युवा क्लब ,समाजसेवी तथा विभिन्न संघसंस्थाको सहयोगमा दैनिक उपभोग्य खाद्य सामाग्री र हात धुने साबुन वितरण गरिएको छ ,’वडा अध्यक्ष जुग्जालीले भन्न्नुभयो । ‘यो विषम परिस्थितीमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दछु ।’ साथै कोरोना प्रकोप जोखिम गाउँमा भित्रन नदिन र कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयावधीभर विममा प्रवेश निषेध गरिएको छ । अध्यक्ष जुग्जालीले सावधानी र सतर्कता अपनाउन र लकडाउनका पुर्णपालना गर्न समेत आग्रह गर्नुभएको छ ।


करिब ४५ घरधुरीलाई आगामी २५ गतेसम्म पुग्ने दैनिक उपभोग्य खाद्य सामाग्री दाल ,चामल ,नुन,तेल र हात धुने साबुन सहयोग गरिएको सहयोगी संस्था हिराजित स्मृती युवा क्लबका अध्यक्ष प्रेम बहादुर जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत सामाग्री घरदैलोमा गएर वडा अध्यक्षको उपस्थितीमा हस्तान्तरण गरिएको छ । सोमबार वडा कार्यालयको संयोजकत्वमा स्थानीय ,युवा क्लब ,आमा समुह लगायतको सर्बपक्षिय बैठकले लकडाउनबाट प्रभावित वडा भित्रका अति गरिब विपन्न ,बेशाहारा बृद्धबृद्धा र बालिबालिका तथा दैनिक ज्यालादारी काम गरेर जिविकोपार्जन गर्दै आएका मजदुर परिवारलाई खाद्यान्न सहयोग गर्ने निर्णय गरेको थियो ।


वडा कार्यालयको संयोजकत्वमा चलाइएको आर्थिक सहयोग संकलन अभियानमा हिराजित स्मृती युवा क्लबले १५ हजार,हिमाली युवा क्लबले १५ हजार ,बिमबाङ्ग युवा क्लबले १५ हजार ,जन्मभुमि युवा क्लबले १० हजार र ढुनोट युवा क्लबले ५ हजार रुपैयाँ सहयोग गरेका छन भने यसैगरी वडा अध्यक्ष जुग्जालीले ५ हजार ,समाजसेवी एवम् मोना हङकङका पुर्व अध्यक्ष शेरपुञ्जाले १९ हजार र वडा सदस्यहरु, किसानी माविका प्रअ ,शिक्षक ,तल्लो गाउँ टोल सुधार समितिका अध्यक्ष ,वडा सचिव लगायतको सहयोग गरी करिब एक लाख रुपैयाँ बराबरको खाद्य सामाग्री खरिद गरी वितरण गरिएको क्लबका अध्यक्ष जुग्जालीले बताउनुभयो । वडा अध्यक्ष जुग्जालीले खाद्य सामाग्री ढुवानीका लागि निशुल्क ट्याक्टर तथा ट्याक्सी धनी चाम्बीर जुग्जालीले निशुल्क यातयात सेवा प्रदान गर्नुभएको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार