माछा मार्ने क्रममा कालिगण्डकी नदीले बगाउँदा शेरचन बेपत्ता

बेनी ,मंगलबार चैत १८ गते । माछा मार्ने क्रममा कालिगण्डकी नदिले बगाउँदा एक जना बेपत्ता भएका छन् । बेनी नगरपालिका–१ सिम झ्याउली बन स्थित कालिगण्डकी नदिमा मंगलबार माछा मार्न गएका मंगला गाउँपालिका –३ बरंजाका रामप्रसाद शेरचन नदिले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलबार बिहान बेपत्ता ४४ शेरचनको खोजि कार्य जारी रहेको सुचना अधिकारी तथा प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो ।

डोरीको सहायताले माछा मार्न जानुभएका शेरचन बिचबाटै बेपत्ता भएपछि उहाँका साथी धवलागिरी गाउँपालिका–२ का हिम बहादुर पाईजाले स्थानीय र प्रहरीलाई जानकारी गराउनुभएको थियो ।बेपत्ता शेरचन थकाली सेवा समाजका कर्मचारी हुहुनुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार