लकडाउनलाई प्रभावकारी बनाउँदै निस्कोटका युवाहरु

बेनी ,शनिबार बैशाख ०६ गते ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ । जारी लकडाउनलाई प्रभावकारी बनाउन यहाँको एक सामाजिक संस्था सक्रिय रुपमा लागेको छ ।


म्यागदीको मालिका गाउँपालिका–१ निस्कोट स्थित जनकल्याण युवा क्लबले जारी लकडाउनलाई प्रभावकारी बनाउन क्लबका अध्यक्ष नरेश पुन मगरको नेतृत्वमा स्वयँसेवक परिचालन गरेको छ । क्लबले कोरोनाबाट बच्न सावधानी र सतर्कता अपनाउन तथा लकडाउनको पालना गर्न समेत आग्रह गरेको छ ।


‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको जारी लकडाउनलाई प्रभावकारी र गाउँमा कोरोनाको जोखिम भित्रन नदिन क्लब मार्फत गाउँमा कोरोना बारे जनचेतना फैलाउने र वडासंग जोडिएका मुख्य नाका लक गर्ने लगायत विभिन्न अभियान चलाएका चलाइएको छ ’ क्लबका अध्यक्ष नरेश पुन मगरले भन्नुभयो ,‘लकडाउनको अवधिभर निस्कोटमा प्रवेश गर्न नहुन र वडाबाट बाहिर नजान सबैलाई विनम्र अनुरोध छ ।’

यसैगरी बागलुङको ताराखोलासंग सिमाना जोडिएको देउरालीमा निगरानी बढाइएको क्लबका अध्यक्ष पुनले जानकारी दिनुभयो । अभियानलाई प्रभावकारी वडा नं २ रुम र मंगला गाउँपालिकाको वडा नं ५ टिकाबाङ प्रवेश गर्ने मुख्य सिमाहरु लक गरिएको क्लका सचिव पुकार घर्तीले जानकारी दिनुभयाे । लकडाउनलाई प्रभावकारी बनाउन मालिका–४ च्युरिबोटमा पनि विभिन्न अभियान संचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार