नेकपा म्याग्दीद्धारा कोरोनाबाट प्रभावितलाई सघाउन साढे दुई लाख रुपैयाँ बढी सहयोग

म्याग्दी ,आइतबार बैशाख ०७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा प्रभावितहरुलाई सघाउन रु २ लाख ५७ हजार ८ सय ३३ सहयोग गरेको छ । जिल्लामा पार्टीका नेता तथा कार्यकर्ताहरुबाट स्वतस्फुर्त रुपमा संकलन भएको सो सहयोग रकमलाई जिल्ला विपद् ब्यबस्थापन कोषको नेपाल बैँक लिमिटेडमा रहेको खातामा जम्मा गरिएको नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा राहत र सहयोगलाई एकद्धार प्रणालीमा लैजाने निर्णय अनुसार पार्टीको तर्फबाट सहयोग रकमलाई समितिको खातामा जम्मा गरिएको सचिब श्रेष्ठले बताउनुभयो । म्याग्दीमा जिल्ला समन्वय समिति र जिल्ला विपद ब्यवस्थापन समितिले कोरोना प्रभावितलाई गरिने राहत र सहयोगलाई एकद्धार प्रणालीमा लैजाने निर्णय गरेका थिए ।

नेकपाले उपलब्ध गराएको सो सहयोग रकम कोरोना रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण समस्यामा परेकाहरुलाई सघाउनको लागि जिल्ला विपद ब्यबस्थापन समितिबाट जिल्लाका स्थानीय तहहरु मार्फत परिचालन हुने जनाईएको छ । लकडाउनको कारण मजदुर र निम्नबर्गका घरपरिवारहरु समस्यामा परेकाले उनीहरुलाई राहत दिनको लागि सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरिएको नेकपा म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार