उदयपुरका थप दुईजनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं,मंगलबार बैशाख ०९ गते । उदयपुरका थप दुईजनाको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर बिधिबाट परीक्षण गरिएका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ। मंगलबार नै स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उदयपुरकै एकजना र सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठजना गरी ९ जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरु सबै उदयपुरको हुन् । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार