राष्ट्रपतिद्धारा ‘विवादास्पद’ दुबै अध्यादेश खारेज

काठमाण्डौं ,शुक्रबार बैशाख १२ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रमाणीकरण गरेको दुई अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

उनले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरेकी हुन् । गत सोमबार राष्ट्रपतिले सोही अध्यादेश सरकारको सिफारिसमा प्रमाणीकरण गरेकी थिइन् । तर चौतर्फी विरोधपछि सरकारले शुक्रबार नै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार