बाहिरी जिल्लामा रहेका नागरिकलाई बरेङको अनुरोध,‘तपाई जहाँ हुनुहुन्छ त्यहीँ बस्नोस, आवश्यक सहयोग त्यहीँ ल्याउँछौँ’

बागलुङ्ग,शनिबार बैशाख १३ गते ।
बरेङ गाउँपालिकाले देशका विभिन्न ठाउँमा रहेका आफ्ना नागरिकलाई सोही ठाउँमा रहन अनुरोध गरेको छ ।आफ्ना नागरिकलाई खाद्यान्न लगायतका सामाग्रीको आवश्यक परे हाल रहेकै ठाउँमा सहयोग पुर्याउने बताउँदै पालिकाले त्यस्तो अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनु भयोे ।

भीडभाडमा आवात–जावत गर्दा कोरोना भाईरसको जोखिम बढ्ने बताउँदै उहाँले नागरिकलाई हाल रहेकै स्थानमा रहन र सहयोग आवश्यक परे पालिकामा सम्पर्क गर्न अनुरोध गर्नु भयो ।
बिहिबार मात्र काठमाण्डौ, बुटवल लगायतका ठाउँबाट ठूलो संख्यामा बागलुङमा मानिसहरु भित्रिए पछि कोरोना भाईरस संक्रमणको जोखिम बढेको भन्दै तीब्र आलोचना भईरहेको छ ।
त्यसै गरि बरेङ गाउँपालिकाले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

विद्यालयमा नतिजा सार्वजनिक गर्दा भीडभाड हुने भन्दै पालिकाको वेभसाईट र फेसबुक पेज मार्फत नतिजा सार्वजनिक गर्ने निर्णय गरेका प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनु भयो ।
शुक्रबार मात्र भृकुटी माध्यामिक विद्यालयको नतिजा सार्वजनिक गरिएको छ । अन्य विद्यालयले पनि नतिजा बुझाउँदा साथ आफ्नौ वेभसाईट मार्फत सार्वजनिक गरिने थापाले बताउनु भयो ।
पालिकाको वेभ साईटबाट नतिजा सार्वजनिक गर्दा विद्यार्थीहरु पढ्नमा थप उत्सुक हुने र पालिकाले सञ्चालन गर्ने गतिविधिमा समेत विद्यार्थीको चासो बढ्ने अपेक्षा गरिएको छ । eparinews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार