राष्ट्रिय आविष्कार केन्द्रले बनायो खाना र औषधि पुर्‍याउने ‘रोबोट’

काठमाडौं,आइतबार बैशाख १४ गते । सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित विरामीका लागि खाना र औषधि पुर्‍याउने रोबोटको निर्माण गरेको छ।आविष्कार केन्द्रका अनुसन्धानकर्ताले ११ दिन लगाएर उक्त खाना र औषधि बोक्‍ने रोबोटको निर्माण गरेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए।

उनले भने, ‘ विश्‍वभर कोरोनाको माहामारी फैलिदो छ। नेपालमा पनि कोरोनाको विरामी बढेको बढ्यै छ। हामीले सैनिक अस्पताल छाउनीले एउटा ट्रली दिएर यसलाई विरामीको लागि खाना पुर्‍याउने मेसिन बनाइदिन आग्रह गरेपछि हामीले रोबोटको निर्माण गरेका हौ।’

उनका अनुसार उक्त रोबोट (७५(८०) हजारको लागतमा बनेको हो जसमा रिमोट कन्ट्रोल, भिडियो डिभाइस (भिजीए) र सेन्सर रहेको छ।सुरज कार्की नेतृत्वको चारजना मेकानिकल इन्जिनियरहरुले उक्त रोबोटलाई बनाएको पुनले बताए। उनले भने, ‘हामीले मास्क, पीपीइ र श्वास लिने अटोमेटिक भेन्टिलेटरसँगै यसको पनि माग आएकाले बनाएका हौ। तर यो रोबोटले भने विरामीहरुलाई आवश्‍यकता अनुसार खाखा दिन्छ, पानी दिन्छ र औषधि पनि सँगै पुर्‍याइ दिन्छ।’

राष्ट्रिय आविष्कार केन्द्रले बनाएको कोरोनाको बिरामीई खाना र औषधी पुर्याउने पहिलो रोबोट

लौ हेर्नुहोस राष्ट्रिय आविष्कार केन्द्रमा बनेको कोरोनाको बिरामीहरुलाई खाना र औषधीहरु पुर्याउने पहिलो रोबोट. तर यसो हेर्दा ता यो रोबोट जस्तो देखिदैन तर काम भने राम्रो संग गर्छ.यसको प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुन्छन. यो रोबोटको बिकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन जति लाग्यो. यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको हो. अन्य पार्ट पुर्जाहरुको मात्र मोटामोटी खर्च ७५ हजार रुपैंया जति लागेको छ.यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ. यस्तै रोबोटको माग बि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बु बाट पनि आएको छ. अब यस्तै अरु रोबोट बन्ने छ. धन्यबाद. भिडियो डा.महाविर पुनको फेसबुकबाट

Posted by MyagdiNews.com on Saturday, April 25, 2020

आविष्कार केन्द्रले आफ्नो ल्याबमा परीक्षण गरिसकेको छ भने छाउनीस्थित सैनिक अस्पतालमा आज (आइतबार) लैजाने र त्यहाँ राखिने पुनले बताए।उनका अनुसार यस्तै प्रकारको खाना र औषधि पुर्‍याउने रोबोटको माग धरान र सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालबाट पनि आइरहेको जानकारी दिए।

रोबोटले कसरी काम गर्छ ?
महावीर पुनका अनुसार यो रोबोटलाई सुरुमा अस्पतालमा लगिसकेपछि नर्स वा डाक्टर जो कोरोनाको विरामीलाई निगरानीमा रहन्छन्, उनीहरुलाई म्‍यानुअली रिमोट कन्ट्रोल गर्न सिकाउँछन्। नर्सिङ स्टेशनमा एकजना अपरेटर हुन्छ । उसले अडियो–भिडियोको माध्‍यमबाट रियल टाइम अर्थात सोही सयममा कुरा गरन सक्छन् भने सो अनुसार खाना र औषधि पनि पुर्‍याउने गर्दछ।देशसञ्चार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार