रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५४ पुग्यो

वीरगञ्ज ,मंगलबार बैशाख १६ गते ।

नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ५४ पुगेको छ। रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरेको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुवै जनालाई कोरोना भाइरसको संक्रमण भएको मौखिक जानकारी आफूलाई आएको तर आधिकारिक रुपमा पत्र भने प्राप्त नभएको जिल्ला स्वास्थय कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । जनकपुरमा उनीहरुको पिसिआर टेष्ट गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।

लकडाउन भएकै बेला उनीहरु दुवैजना भारतको राजधानी दिल्लीबाट नेपाल आएका हुन् । भारतबाट फर्केका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षीय युवक १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका थिए । देवाही गोनाही १ का ३५ वर्षीष पुरुष क्वारेन्टाइनमै रहेका छन् । नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार