बुधबार थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी

काठमाण्डौ ,विहिबार बैशाख १८ गते । सरकारले आज थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

उनीहरु भारतबाट नेपाल आएर क्वारेन्टीनमा रहेका व्यक्ति हुन् । यस अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने चार जनामा सङ्क्रमण भएको जनाए पनि मन्त्रालयले तीन जनामा मात्रै पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने सङ्क्रमितमध्ये पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् ।उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार