उन्नती लघुवित्तद्धारा मालिका गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग

बेनी ,विहिबार बैशाख १८ गते ।
उन्नती लघुवित्त वित्तिय संस्था लिमिटेड,बाबियाचौर शाखाले मालिका गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गरेको छ । जिल्लाको मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको संस्थाले विहिबार महामारी कोरोना रोकथाम,नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

शाखाका प्रमुख टिकाराम रिजालले सो आर्थिक सहयोग गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । संस्थालाई धन्यवाद व्यक्त गर्नुहुँदै अगामी दिनमा पनि यसरी सहयोग रहने अध्यक्ष रोका मगरले आशा व्यक्त गर्नुभयो । गाउँपालिकाका अध्यक्ष रोका मगरले महामारी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउनबाट प्रभावित गरिब ,मजदुर तथा विपन्न परिवारलाई राहत वितरणमा आर्थिक सहयोग सदुपयोग गर्ने बताउनुभयो ।

विश्व्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)रोकथाम, नियन्त्रण तथा व्यवसथापनका लागि गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापन गरेको जानकारी दिनुहुँदै पहिलो चरण अन्तर्गत गाउँपालिकाले सातै वडा भित्रका लकडाउनबाट प्रभावित गरिब,विपन्न ,तथा श्रमिक परिवारलाई दैनिक खाद्यान्न राहत वितरण गरिएको बताउनुभयो ।

लकडाउनबाट प्रभावित गाउँपालिका भित्रका गरिब तथा विपन्न परिवारका राहत व्यवस्थापनको लागि मालिका गाउँपालिकाले संचालन गरेको अभियानलाई सहयोग पु¥याउने उद्धेश्यले आर्थिक सहयोग उपलब्ध गराइएको संस्थाका प्रमुख रिजालले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय सुर्य विश्वकर्मा सहित कर्मचारीहरुको उपस्थिती रहेको थियो । कोरोना रोकथाम ,नियन्त्रण तथा व्यवस्थापका लागि गाउँपालिकाले ३० लाख रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार