भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाख बढीको क्षति

झापा,विहिबार बैशाख १८ गते ।
झापाको दमक नगरपालिका ३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएका छन् भने अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।

बिहीबार बिहान राती २ बजे शिविरको बी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको घरबाट अचानक आगलागी भई चापागाँई सहित छिमेकी पदम चापागाँई, रुपनारायण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा उक्तमुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सो आगलागी प्रहरी, स्थानीयवासी र दमकल समेतको सहयोगमा राती साँढे ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथाकुनै मानवीय र चौपाया क्षति नभएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार