रसुवामा लकडाउनको समयमा पार्वतीकुण्ड पुगेका कर्मचारी स्थानीयको नियन्त्रणमा

रसुवा,बुधबार चैत १९ गते । लकडाउनको समयमा पार्वतीकुण्ड घुम्न पुगेका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङमा रहेको पार्वतीकुण्डमा पुगेर फर्कने क्रममा स्थानीयले देखेपछि साँझ ५ बजे कार्यालय प्रमुख लेखनाथ पोखरेल सहितको टोलीलाई नियन्त्रणमा लिएको स्थानीय रिसबहादुर तामाङले बताउनुभयो ।

उनीहरू स्याफ्रु, गोल्जुङ हुँदै गत्लाङ गएका थिए । गोल्जुङ र गत्लाङ बीचमा स्थानीयले काठको मुडा राखेर बनद गरेको बाटो खुलाएर उनीहरू पार्वतीकुण्ड आएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट धुन्चेदेखि बेत्रावतीसम्मको पास लिएको बा २ झ ३८७९ नम्बरको गाडी दिउँसो पार्वतीकुण्ड गएको हो । उक्त गाडी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।रेडियो रसुवा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार