दरबाङ्गका विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामाग्री सहयोग

बेनी ,बुधबार चैत १९ गते ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका –६ स्थित वडा कार्यालयको अगुवाइमा दरबाङ्ग स्थितका विभिन्न टोल विकास संस्था ,पश्चि म्याग्दी युथ क्लब , स्थानीय व्यवसायी तथा समाजसेवीहरुको सहयोगमा सो दैनिक उपभोग्य सामाग्री सहयोग गरिएको हो ।

वडा भित्रका ९९ घरधुरी बढीका परिवारलाई खाद्यान्न सामाग्री राहत वितरण गरिएको सहयोगदाता समाजसेवी एवम् जनप्रिय टोल विकास संस्थाका सदस्य हिराबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयको अगुवाई र वडा अध्यक्ष सन्तोष सुवेदी संयोजकत्वमा विपन्न तथा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आइरहेका मजदुर परिवारलाई घरदैलोमा पुगेर एक लाख ३५ हजार रुपैयाँ बराबरको दैनिक उपभोग्य खाद्य सामाग्री राहत हस्तान्तरण गरिएको हो ।

कोरोनाका कारण देशमा गरिएको लकडाउनबाट प्रभावित विपन्न तथा मदुर परिवारलाई खाद्यान्न सहयोगले ठुलो राहत हुने वडा अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँले विषम परिस्थितीमा दैनिक चुल्हो बाल्न धौधौ भएको समयमा खाद्यान्न राहत सामाग्री सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कोरोना जोखिमबाट बच्न सावधानी र सतर्कता अपनाउन र लकडाउनको पुर्ण रुपमा पालना गर्न सचेतना मुलक कार्यक्रम पनि संचालन गरिएको छ । राहत सामाग्री वितरणमा जनप्रतिनिधि ,टोल विकास संस्था ,युवा क्लब ,प्रहरी तथा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार