सुखद समाचार : बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी महिलाको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ

बेनी ,शुक्रबार चैत २१ गते । म्याग्दीको बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।बागलुङ्गको खुङखानी घर भई
पर्वतको जलजला गाउँपालिका –३ पर्वत बेनीमा वस्ने २७ वर्षीय ति महिलाको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

कोरोना भाइरसको आशंकामा ति महिलाको मंगलवार स्वाब परीक्षणका लागि नमुना संकलन गरि पोखरा पठाइएको थियो ।
पठाइएको स्वाव बुधवार पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल को प्रयोगशालामा परिक्षण गरी पुन पुरिक्षणका लागि विहिवार काठमाण्डौं लगिएको हो ।
काठमाण्डौको टेकु अस्पतालमा पनि परिक्षण गर्दा पनि नेगेटिभ आएको बेनी अस्पताल ले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार