कोरोनाबाट विश्वमा ज्यान गुमाउनको संख्या ६४ हजार बढी

काठमाण्डौं ,आइतबार चैत २३ गते । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ।

स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस ९कोभिड–१९० बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ। १२ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएका छन्। थाखा खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार