जलजला गाउँपालिकाकी उपाध्यक्ष गर्बुजा पुनद्धारा विपन्नलाई तरकारी वितरण

म्याग्दी ,आइतबार चैत २३ गते । पर्वतको जलजला गाउपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले विपन्न परिवालाई तरकारी वितरण गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावितलाई आइतबार उपाध्यक्ष गर्बुजा पुनले जलजला गाउपालिकाको वडा नं.२ मा पर्ने गैराटोल, पाखाथर र रातोढुङ्गाका २३८ घरधुरीलाई चार क्विन्टल बन्दा वितरण गर्नुभएको हो । शालीजाबाट आफै संकलन गरेर गाउँपालिकाको गाडीमा ढुवानी गरेर टोल टोलमा बन्दा वितरण गर्नुभएको वडा अध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयो ।

उपाध्यक्ष पुन, वडा अध्यक्ष खत्रीले स्थानीय अगुवाहरुको रोहबरमा बन्दा वितरण गर्नुभएको थियो । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई तरकारीका लागि बन्दा उपलब्ध गराएको उपाध्यक्ष गर्बुजाले बताउनुभयो ।


उनिहरुका लागि गाउपालिकाले पनि खाद्यान्न वितरण गर्न लगत संकलन गरेको छ । १११ परिवार वडाका स्थाई र ४६ परिवार बाहिरबाट आएर बसेकाहरुको लगत संकलन गरेको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार