माछा मार्ने क्रममा नदिले बगाएर बेपत्ता शेरचनको शब फेला

म्याग्दी ,सोमबार चैत २४ गते।
माछा मार्ने क्रममा बगेर कालिगण्डकी नदीमा बेपत्ता भएका मंगला गाउँपालिका–३ बरंजा घर भएका ४४ बर्षिय रामप्रसाद शेरचनको शब आइतबार साँझ मालढुंगामा भेटिएको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं १ स्थित कालिगण्डकी नदीमा बगाउँदै गरेको अवस्थामा स्थानीयले लाश देखेपछि बाहिर निकाल्दा शेरचनको भएकाले पोष्टमार्टमका लागी बेनी अस्पतलामा ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो । पोस्टमार्टम पछि सोमबार अन्त्येष्टि गरिने भएको छ ।

लकडाउनको समयमा धवलागिरी गाउँपालिका–२ का हिम बहादुर पाईजासँगै मिलनचोक हुदै गएका शेरचन डोरीसँगै नदीमा प्रवेश गरेका थिए । नदीबाट ननिस्किएपछि सँगै गएका पाईजाले प्रहरीलाई खवर गरेका थिए ।

आफन्त, स्थानीयवासी, नेपाल प्रहरीले खोजी गरेपनि फेला नपारेपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीले घटनास्थल सिमदेखि मालढुंगासम्म खोजीकार्य गरेपनि फेला पारेका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार