कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाण्डौं,मंगलबार चैत २५ गते । कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । नोभल कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा मङ्गलबार निर्णय भएको हो । उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार