मजदुर तथा विपन्न परिवारलाई तरकारी वितरण

बेनी ,बुधबार चैत २६ गते ।
पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका विपन्न परिवारलाई तरकारी सहयोग गरिएको छ । वडा ६ स्थित दिप लाम्पाटाका कृषकहरुले बाँसखर्कका विपन्न तथा श्रमिक परिवारलाई तकारी वितरण गरेका हुन ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावित वडा नं १ का विपन्न तथा श्रमिक परिवालाई तरकारी वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष सिमा गर्बुजा पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिप लाम्पाटा कृषकले गाउँपालिकाले स्थापना गरेको मिलनचोक स्थित खाद्य बैंक मार्फत पाँच क्विन्टल बढी बन्दा र काउली सहयोग गरेका हुन ् । मायादेबी रेग्मी ,हरिला सापकोटा ,सरस्वती भुषाल ,हरि सुवेदी ,हरिमाया भुषाल,नम्बा चोचाङ्गी र मनका भुषालले सो तरकारी सहयोग गर्नुभएको हो । साथै बुधबार धाइरीङ्गका श्रमिक तथा विपन्न परिवारलाई तरकारी वितरण गरिने उपाध्यक्ष गर्बुजा पुनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार