शुक्रबार अमेरिकी डलरको भाउ घट्यो

काठमाण्डौ,शुक्रबार चैत २८ गते । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । बिहीबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ शुक्रबार केही पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको बिक्री दर एक १ सय २२ रुपैयाँ ३६ पैसा तोकिएको छ । यो बिहीबारको भन्दा १४ पैसाले कम हो । बिहीबार अमेरिकी १ डलरको बिक्री दर एक सय २२ रुपैयाँ ५० पैसा थियो ।

यस्तै बिहीबार अमेरिकी १ डलरको खरिद दर एक सय २१ रुपैयाँ ७६ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ । उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार