नेपालमा भेटिए कोरोनाका तीन नयाँ संक्रमित

काठमाडौं ,आइतबार चैत ३० गते ।हेटौंडामा पोजेटिभ देखिएपछि  पुनः काठमाण्डौ पठाइएका तीन जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको  छ ।

काठमाण्डौमा पुनः परिक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको स्वास्थ्यमन्त्रालयले प्रदेश सरकारलाई जानकारी दिएपनि यसलाई अहिलेसम्म सार्वजनिक गरिएको छैन । संक्रमित भेटिएका  तीनै जना भारतीय नागरीक हुन । मुस्लिम धर्मगुरु तीनैजनाले आफुहरु ४ महिनाअघि नेपाल आएको बताएका छन ।

यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले गराउने वा प्रदेश सरकारले भन्ने विषयमा टुंगो नलाग्दा अहिलेसम्म सार्वजनिक नगरिएको हो । भारतबाट आएर बिरगंज छपकैयास्थित मस्जिदमा बसेका तीनजनालाई कोरोनाको आशंकामा स्थानीयले अस्पताल भर्ना गरेका थिए । उनिहरुको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार परिक्षण गर्दा पोजेटिभ देखिएपछि थप परिक्षणका लागी काठमाण्डौ पठाइएको थियो ।

हेटौडामा गरिएको  ३५ जनाको  परीक्षणमध्ये तीन जनाको नतिजा पोजेटिभ देखिएपछि यसको निर्कोल गर्न थप परिक्षणका लागी  नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौको केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षणमा समेत उनिहरुमा संक्रमण पोजेटिभ देखिएपछि यसलाई कसले सार्वजनिक गर्ने भन्नेमा विवाद देखिएको हो ।

पछिल्लोपटक भेटिएका भारतीय तीनजनापछि नेपालमा कोरोना संक्रमितको सङ्ख्या १२ पुगेको छ । जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन भने दुईजना काठमाण्डौ दुईजना बाग्लु्ङ र ४ जना धनगढीमा उपचाररत छन ।टिभी अन्नपूर्ण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार