अन्नपुर्णको हिमपहिरोमा हराइरहेका सातै जनाको शव ३ महिनापछि फेला

काठमाडौँ,शनिबार बैशाख २० गते । कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ । गत वर्षको माघ ३ गते अन्नपूर्ण गाँउपालिका वडा नं ११ मा पर्ने हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा तीनजना नेपाली गाईड तथा चारजना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए ।

तस्विर : आकाश गुरुङ

बेपत्ता भएका उनीहरुको खोजीमा नेपाली सेनाको पश्चिम पृतना हेड्क्वार्टरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोली खटिएको थियो ।

टोलीले दुई जना नेपाली गाइड र तीनजना कोरियन पर्यटकहरुको शव पहिल्यै नै फेला परिसकेको थियो । टोलीले शुक्रबार फेला पर्न बाँकी एक जना नेपाली र एक जना कोरियन नागरिकको शव पनि फेला पारेको छ । शवलाई शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पु¥याएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार