लायन्स क्लव अफ मंगलाद्धारा गाउँपालिकाको कोरोना कोषलाई आर्थिक सहयोग

जगत बानियाँ
बाबियाचौर, मंगलबार बैशाख २३ गते । म्याग्दीको बाबियाचौरमा रहेको लायन्स क्लव अफ मंगलाले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ । मंगला गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा क्लवले बीस हजार १५५ रुपैयाँ सहयोग गरेको हो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र कार्यकारी सचिव राजेन्द्र आचार्यलाई क्लवका प्रथम उपाध्यक्ष राजकुमार पाण्डेको नेतृत्वमा गएको टोलीले रकम हस्तान्तरण गर्नुभएको थियो ।सहयोगप्रती धन्यवाद व्यक्त गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष रोका मगरले आगाम दिनमा पनि निरन्तर सहयोगको आशा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार